नवलपुरमा आमाको टप घाँटीमा अड्केर १४ महिने बालिका घाइते



देवचुली । नवलपुरको देवचुली नगरपालिका १४ छत्तिसघरेमा १४ महिनाका बालिकाको घाँटीमा टप अड्किएर घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बालिकाका खेल्ने क्रममा आफ्नै आमाको कानमा लगाउने प्लाष्टिक र धातुले बनेको टप निल्न गई घाँटीमा अड्किएर घाइते भएकी हुन् ।




सरला दुवाडीकी १४ महिना छोरी इशानिया दवाडी घाइते भएकी हुन् । बालिकालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनमा लगिएको प्रहरीले जनाएको छ ।

बालिकाको स्वास्थ्य अवस्था मध्यम रहेको र अप्रेशन गरेर घाँटीमा अड्किएको टप निकाल्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...