विप्लवका जिल्ला सेक्रेटरी सहित नवलपरासीमा बुधबार ३ जना पक्राउ




रामकुमार श्रेष्ठ

नवलपरासी, २९ जेठ । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीबाट गरी बुधबार विप्वलका ३ जना जिल्ला स्तरका नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक जना पार्टीका जिल्ला सेक्रेटरी हुन् भने एक जना जिल्ला सदस्य र एक जना युवाका जिल्ला अध्यक्ष हुन् ।
नवलपुर प्रहरीले पूर्वी नवलपरासीको डेढगाउँबाट इन्द्रबहादुर घर्ती गगन र धनसिं ठगुन्ना अर्जुनलाई बुधबार पक्राउ गरेको छ ।





गगन चुरे जिल्ला (पूर्वी नवलपरासीदेखि दाङसम्मको चुरे क्षेत्र) सेक्रेटरी हुन् भने अर्जुन सोही भुगोल अन्तरगतको जिल्ला सदस्य हुन् ।
त्यसैगरी विप्लव निकट युवा संगठनका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पनि बुधबार पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
उनलाई बुधबार विहान घरमै बसीरहेको अवस्थामा प्रहरीले साढे १० बजेतिर पक्राउ गरेर लगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
उनी राजामहात्मा माविका विद्यालय व्यवस्थापन समितिका सदस्य समेत हुन् ।



सम्बन्धित
Loading...