नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता




भरतपुर । भरतपुर महानगरपालिका वडा नं-३ स्थित नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता भएका छन् ।

 

भरतपुर ३ नारायणी नदी पुलको ४ नम्बर पिल्लरमा साइकल र चप्पल छोडी अन्दाजी ५५ वर्षको पुरुष व्यक्ति हाम फालेको वेपत्ता भएका हुन् ।




घटनाको बारेमा सूचना प्राप्त हुनासाथ विपद्सहितको प्रहरी टोलीले खोजी कार्य जारी राखेको र अहिले सम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

 

 

 



सम्बन्धित
Loading...