कृष्णजन्माष्टमीमा नवलपुर एफएममा शंखध्वनी, भजन र तीजगीत प्रतियोगिता




नवलपुर । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री महेन्द्रध्वज जिसीले नेपाली धर्म संस्कृति संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिएका छन् ।

आज नवलपुर एफएम १०४.७ मेगाहर्ज र पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टद्वारा नवलपुर एफएमको प्राङ्गण कावासोतीमा आयोजित राष्ट्रिय शंखध्वनी, भजन तथा विद्यालय स्तरीय तिजगीत प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री जिसीले नवलपुर एफएमले धर्म, कला, संस्कृतिको जर्गेनामा खेलेको भूमिको प्रशंशा गरे ।




उनले नेपालको धर्म, कला, संस्कृति नेपालीको पहिचान भएको उल्लेख गर्दै यसको जगेर्नामा जनस्तरदेखि राज्यतह सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद ओमकला गौतम, कावासोती ३ का वडाध्यक्ष डोरमान गिरी, विष्णु पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नवलपुर एफ.एमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको प्रतियोगितामा राष्ट्रिय शंखध्वनि तर्फ १५ जना, भजनप्रतियोगिता तर्फ १२ वटा समूह र विद्यालय स्तरीय तिजगीत तर्फ २१ वटा समूहको सहभागिता रहेको थियो ।

 

यसैबीच नेवाः समुदायले आज साँझ देशभर कृष्ण जन्माष्टमीको दिन पारेर कृष्ण जात्रा निकाल्दै छन् ।

नेवाः समुदायले गुठी गुठी मार्फत कृष्ण जात्रा निकाल्ने गर्दछन् । आज नवलपुरको कावासोती, देवचुली, अरुणखोला, गैडाकोट, सर्दी लगायतका क्षेत्रमा कृष्ण जात्रा निकाल्दैछन् ।

 



सम्बन्धित
Loading...