नवलपुरमा चिर्पटले लागेर एक जना महिला गम्भीर घाइते

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा मादक पदार्थ सेवन गरेर दुई जना साथी एक आफसमा झगडा गर्दा एक जना महिला गम्भीर घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १३ सिख्रौली निवासी २९ बर्षीय अनिल सापकोटा र ३० बर्षीय दिलबहादुर थापा मादकपदार्थ सेवन गरी झैझगडा गर्दा अनिल सापकोटाले हानेको चिर्पटको झटारोले आफ्नै घरमा बसिरहेकी ५२ बर्षीय महिला राममाया घर्तीलाई लागेको थियो ।
घर्तिको पेटमा चिर्पटले लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते घर्तिको भरतपुर अस्पताल चितवनमा आईसियु कक्षमा उपचार भईरहेको जनाएको छ । प्रहरीले घटनामा सम्लग्न दुवै जनालाई पक्राउ गरी घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।