युनाईटेड गोल्डकपको उदघाटन खेलमा चोरमारा बिजयी, आज वातासिनो कावासोती र रजहर आमनेसामने





नवलपुर । हुप्सेकोटको गिरुवारीमा शुक्रवारबाट सुरु भएको ३८ औं युनाईटेड गोल्ड कपमा चोरमारा युवा क्लब चोरमारा बिजयी भएको छ । बसन्तपुर फार्मेसीलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै चोरमारा युवा क्लब बिजयी भएको हो ।

निर्धारित समयमा दुबै टिमबाट बराबरी १–१ गोल भएपछी खेल ट्राईबेकरमा परिणत भएको थियो ।


शनिबारको खेल वातासिनो कावासोती र हरियाली युवा क्लब रजहर बिच हुने आयोजकले बताएको छ । युनाईटेड युवा क्लबको आयोजनामा संचालित युनाईटेड गोल्ड कपको ३८ औं संस्करणमा १६ क्लब सहभागी छन ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन ।

उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

युनाइटेड गोल्ड कपको उदघाटन गर्न आएका प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा भट्टराईले खेलाडी कल्याण कोषको ब्यवस्थाका लागि गृहकार्य भईरहेको बताएका छन ।

अन्तर्राष्ट्रिय स्तरमा देशको गौरब बढाउने खेलाडीको सबै खाले सुरक्षाका लागि कल्याण कोषको ब्यवस्था गर्नुपर्ने जिकिर गर्दै गण्डकी प्रदेशमा त्यसको गृहकार्य भईरहेको जानकारी दिए ।

आफ्नो खेल जिवनको सुरुवात भएको खेल मैदानमा आएर गोल्डकपको उदघाटन गर्न पाँउदा हर्ष बिभोर भएको बताएका भट्टराईले बिरेन्द्र शिल जितेर आफ्नो खेल जीवन सुरुवात भएको स्मरण गरेका थिए ।

गोल्डकपको हरेक संस्करण सरस्वती माबि गिरुवारीको खेल मैदानमा संचालन हुँदै आएको छ ।



सम्बन्धित
Loading...