युनाईटेड गोल्ड कपः दोस्रो दिनको खलमा खेलमा कावासोती बिजयी, आज रामपुर चितवन र हसौराबीच खेल हुने





हुप्सेकोट (नवलपुर) । हुप्सेकोटको गिरुवारीमा जारी ३८ औं युनाईटेड गोल्ड दोस्रो दिनको खेलमा वातासिनो कावासोती बिजयी भएको छ ।

हरियाली युवा क्लब रजहरलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै वातासिनो कावासोती गोल्डकपको दोश्रो चरणमा प्रबेश गरेको हो । वातासिनो कावासोतीले खेलको पहिलो हापमा २ र दोश्रो हापमा ५ गोल गरेको हो । वातासिनो कावासोतीका लागि जर्सि नम्बर ५ लगाएर खेल्ने सन्दिप मल्लले ४ गोल गरेका थिए ।


आईतबार रड्स रामपुर चितवनको विरुद्धमा नवज्योति युवा क्लब हसौरा मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती माबि गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।



सम्बन्धित
Loading...