कावासोतीमा आजदेखि तरकारीमा बिषादी परीक्षण





कावासोती । नवलपुरको कावासोती २ हाटबजारमा आजदेखि तरकारी विषादी परिक्षण हुने भएको छ ।

कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको कृषि विभागले कृषि थोक बजारमा शुरु गरेको विषादी परीक्षण प्रयोग शाला अन्तरगत कावासोतीमा पनि विषादी परीक्षण शुरु गर्न लागेको हो ।


विभागकै टोली आएर आज दिउँसो १ बजेबाट विषादी परीक्षण शुरु गरिने भएको हो ।

पछिल्लो समय नेपालमा तरकारीमा विषादीको प्रयोग बढेका र त्यसले स्वास्थ्यमा निकै असर पारेका घटनाहरु सार्वजनिक हुन थालेपछि तरकारीमा विषादीको परीक्षण हुनु पर्ने आवाज उठ्न थालेको हो ।

विषादी अवशेष दु्रत विश्लेषण प्रयोग शाला नै राखेर कावासोती २ को तरकारी थोक बजारमा विषादी परीक्षण शुरु गर्न लागिएको कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक सुनिता चापागाई सुवेदीले बताए ।



सम्बन्धित
Loading...