गण्डक नहरमा युवती मृत फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलको गण्डक नहरमा एक जना युवती मृत फेला परेका छन् ।
अन्दाजी २२ बर्षीया युवती आज विहान मृत भेटिएकी हुन् । मृतकको सनाखत हुन सकेको छैन ।
नवलपुर प्रहरीका अनुसार घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।