तामाङ घेदुङको देवचुलीमा संस्कारसंस्कृति पुनजागरण प्रशिक्षण
देवचुली । नेपाल तामाङ घेदुङ नवलपुरद्वारा आयोजित तामाङ संस्कारसंस्कृति पुनजागरण प्रशिक्षण कार्यक्रम देवचुली नगर आदिवासी जनजाति महासंघ सभाहल रामवासमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ नवलपुर जिल्ला अध्यक्ष वावुलाल लुङ्वा तामाङको अध्यक्षता र तामाङ घेदुङ केन्द्रीय सदस्य आस बहादुर गोले प्रमुख अतिथि रहेको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश अध्यक्ष राम तामाङ र तामाङ घेदुङ केन्द्रीय सदस्य आशबहादुर गोले सहजकर्ताको भुमिकामा निर्वाहा गरेका थिए ।
कार्यक्रम घेदुङ सचिव रुद्र तामाङले संचालन गरेका थिए । कार्यक्रममा आसबहादुर गोलेले तामाङ समुदायको संस्कार संस्कृति जगेर्नाका लागि सबै तामाङ समुदाय एक भएर लाग्नु पर्नेमा जोड दिए ।