कावासोतीको विष्णुनगरमा ११ दिने दशैं मेला हुने


 




नवलपुर । नवलपुरको कावासोती ६ विष्णुनगरमा ११ दिने दशैं मेला हुने भएको छ । विष्णु नगरमा रहेको प्रतिभा युवा क्लबको आयोजनामा कावासोती ६ विष्णुनगरको खेलमा मैदानमा असोज १५ गतेदेखि २५ गतेसम्म प्रथम विष्णुनगर दशै मेला हुन लागेको हो ।

मेलाको बारेमा जानकारी दिन आज विहान विष्णुनगरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कावासोतीको पर्यटन, कृषी, व्यापार, कला संस्कृति प्रद्धर्बनका लागि कावासोती ६ विष्णुनगरमा ११ दिने दशैं मेला हुन लागेको हो । क्लब भवन निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले मेला गर्न लागेको मेला आयोजक प्रतिभा युवा क्लबका सचिव पवन भुर्तेलले बताए ।


मेलामा १ सय स्टल, बाल उद्यन, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरु लगायतको प्रस्तुति रहने छ ।

कावासोती ६ को प्रतिभा युवा क्लब विष्णु नगरको आयोजनामा असोज १५ गतेदेखि २५ गतेसम्म मेला चल्ने छ । विष्णुनगरको खेल मैदानमा हुने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।

मेला सफल पार्नका लागि स्थानीय युवाहरु सक्रिय रुपमा लागिपरेका छन् । स्थानीय स्तरका कलासस्कृति, स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार मुख्य उद्देश्य राखिएर मेला आयोजना गरिएको मेला संयोजक तथा क्लबका पूर्व अध्यक्ष झपेन्द्र काफ्लेले बताए ।

दशैं मेला नाम दिइएर विष्णुनगरमा पहिलो पटक आयोजना गरिएको महोत्सवको आयोजकले मेला स्थल निर्माणको तयारी शुरु गरिसकेको छ । मेलामा स्टल, बाल उद्यन लगायत राखिने भए पनि मेला खास गरी मनोरञ्जन मुलक हुने प्रतिभा युवा क्लबका अध्यक्ष सोभित रानाले बताए ।



सम्बन्धित
Loading...