कुमारवर्ती क्याम्पसका स्ववियु सभापतिद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण



नवलपुर । नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदिप चापागाईंले आफ्नो जन्मदिनलाई शैक्षिक सामग्री वितरण गरेर मनाएका छन्। जन्मदिनको अवसरमा उनले क्याम्पसमा अध्ययनरत २४ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।




स्नातक तहका विद्यार्थीहरुलाई सामग्री वितरण गर्दै चापागाईंले शिक्षा नै राष्ट्रको विकासको आधार भएको बताए ।
‘विद्यार्थीहरुलाई शिक्षा मात्र होइन, अवसरको पनि आवश्यकता हुन्छ। म सधैं विश्वास गर्छु कि शिक्षा नै समाजलाई परिवर्तन गर्नसक्ने सबैभन्दा बलियो हतियार हो। मेरा लागि यो जन्मदिन केवल व्यक्तिगत खुशीको कुरा होइन, बरु आगामी पुस्ताको भविष्य उज्ज्वल बनाउन सानो योगदान हो।’ उनले भने – ‘शिक्षा भनेको केवल कक्षाकोठामा हुने पाठ्यक्रम मात्र होइन, यो जीवनमा हरेक चुनौतीलाई सामना गर्ने क्षमताको विकास हो।’

चापागाईंको यो कदमलाई समाजमा उदाहरणीय कार्यको रूपमा लिदै क्याम्पस संचालक समितिका अध्यक्ष महेन्द्र पोख्रेलले चापागाईंको यो कदमको प्रशंसा गरे ।


कार्यक्रममा क्याम्पस प्रमुख गुरु प्रसाद सुवेदीले चापागाईंको योगदानलाई स्वागत गर्दै शिक्षा क्षेत्रको विकासमा यस्ता पहलहरूको आवश्यकता रहेको बताउँदै यस्तो कार्यले सम्पूर्ण क्याम्पसलाई प्रेरित उल्लेख गरे ।

विद्यार्थी कृष्ण कंडेल र पवन भुर्तेल लगायतका व्यक्तिहरूले पनि चापागाईंको यो योगदानलाई प्रशंसा गरेका थिए ।

कार्यक्रमको सहजीकरण कुमारवर्ती बहुमुखी क्याप्मस स्ववियुका सचिव कुमार सिंजाली मगरले गरेका थिए ।



सम्बन्धित
Loading...