निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक रुपमा विकास गर्नुपर्नेमा जोड


नवलपरासी, ३० जेठ । निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन प्रविधिको प्रयोगलाई बढाएर ब्यबसायिक पेशाको रुपमा विकास गर्नुपर्ने प्रदेश नम्बर ५ का सांसद दिपेन्द्रकुमार अधिकारीले बताउनुभएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ पवित्र बस्तीमामा रहेको मकै पकट समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अधिकारीले किसानहरु बयबसायिक हुन सके किसानको उत्पादनका लागि आवश्यक बजार व्यवस्थापनको लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।



पवित्र बस्तीमा मकै पकट समिति गठन गरेर प्रधानमनत्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत मकै खेती गरिदै आईएको छ । समितिमा आवद्ध कृषकहरुका लागि हाते ट्याक्टर, पम्प सेट, मकै गोड्ने मेसिन र मकै छोडाउने मेसिन समेत प्रदान गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका सांसद अधिकारीले किसानहरुलाई कृषि औजार हस्तान्तरण गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्र बर्दघाट सुस्ता पश्चिमका कृषि अर्थविद शिव प्रसाद चौधरीले परियोजना मार्फत काम गरेका किसानहरुलाई आर्थिक पारदर्शितामा जोड दिन आग्रह गर्नुभएको थियो ।
चौधरीले अहिले प्रदेश मार्फत अनुदान प्राप्त गरेका उद्यमी, ब्यबसायिक फर्म तथा सहकारीहरुको सामाजिक परिक्षण चलिरहेको र यस पछि मात्र अनुदान वापतको रकम उपलब्ध गराईने बताउनुभएको थियो ।


चौधरीले कृषि औजार प्राप्त गर्ने किसानलाई त्यसको उच्चतम प्रयोग गरी लाभ उठाउन समेत आग्रह गनुभएको थियो ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीले किसानहरु संग सहकार्य गरेर अगाडि बढ्ने बताउदै आगामी बजेटमा कृषिका लागि पनि प्राथमिकता दिने उल्लेख गर्नुभएको थियो ।
मकै पकट समितिलाई प्रधानमन्त्री प्रधानमनत्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्र मार्फत ५ लाख रुपैया अनुदान प्राप्त भएको छ भने कृर्षक समुहबाट ३ लाख ३४ हजार ७ सय २० रकम संकलन भएको र सोहि रकम बाट कृषकहरुका लागि कृषि औजार खरीद गरी वितरण गरिएको हो ।
कार्यक्रम मकै पकट समितिका संयोजक भिम बहादुर थापाको अध्यक्षतामा भएको हो ।



सम्बन्धित
Loading...