१ लाख बढीको अवैध सामग्री कावासोतीमा बरामद




नवलपुर। नवलपुरमा प्रहरीले आज कावासोतीमा १ लाख बढीको अवैध सामग्री बरामद गरेको छ ।

नवलपुरको कावासोती १६ चालिसकिलो जंगलमा आज बिहान चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ४२४६ नम्बरको बसमा लुकाइ छिपाई ल्याएको बिलविजक नभएको सामग्री प्रहरीले बरामद गरेको हो ।



बसको डिक्किमा लुकाएर ल्याएको अवस्थामा बिल भरपाई नभएको ६ वटा बोरामा १९५ थान कपडाको हेण्ड व्याग एक लाख सात हजार बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...