नवलपरासीमा स्कूलबसको ठक्करले आफ्नै विद्यालयकी ६ कक्षा अध्ययनरत छात्राको मृत्यु


रामकुमार श्रेष्ठ
नवलपरासी, ३० जेठ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं. १६ अमरापुरीमा आफ्नै स्कूलबाट खस्दा ११ बर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार गैडाकोट १६ अमरापुरीको युनिक अमरापुरी बोडिङ्ग स्कूलको ग १ क ३६१० नम्बरको स्कूल बसबाट खसेर सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका ११ बर्षीया विनिता पौडेलको निधन भएको हो ।
स्कूलबाट घर फर्कने बेला बस चढ्ने क्रममा अचानक विद्यार्थीहरुले बसको गियर चलाउँन पुग्दा बस अगाडि बढ्न गई पौडेल ढोकाबाट खस्न पुगेको थियो । प्रहरीका अनुसार बसको ढोकाबाट खेसेकी पौडेललाई सोही बसले च्यापी घाइते बनाएको थियो ।
बालिका पौडेलको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगेको र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको रानाभाटले बताए । बस प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...