कावासोतीमा उत्कृष्ट विद्यार्थी शिक्षकहरुलाई सम्मान





नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्रका उत्कृष्ट बिद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ ।

राष्ट्रिय शिक्षा दिवसको अबसरमा कावासोती नगरपालिकाद्वारा खानेपानी सभाहलमा शिक्षक र बिद्याथीहरुलाइ पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रम प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रोशन बहादुर गाहाको प्रमुख अतिथिमा भएको थियो ।
कार्यक्रममा बोल्दै गाहाले समाज रुपान्तरणका लागि शिक्षकले खेलेको भूमिकाको उच्च सम्मान गर्नु पर्ने बताए ।

कार्यक्रम कावासोती नगरपालिकाको नगरप्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा कक्षा ५ का उत्कृष्ट छात्रा सिद्धार्थ माविका समृद्धि काफले र उत्कृष्ट छात्र सरस्वती माविका नसिब चापागाईलाई सम्मान गरिएको छ । यसैगरी कक्षा ८ का उत्कृष्ट छात्रातर्फ नोवेल एकेडेमीका प्रश्रा कंडेल, ज्ञानोदय माविका श्रेया रिजाल र शिव माविका प्ररणा रानाभाट, उत्कृष्ट छात्रतर्फ नवदुर्गा माविका आयुष लम्साल र शिव माविका प्रमिश गिरीलाई सम्मान गरिएको छ ।

यसैगरी कक्षा १० का उत्कृष्ट छात्रतर्फ जनता मावि शहीदनगरका विजय गिरी, सरस्वती मा.वि, कावासोती १७ का कमल सापकोटा र सनसाइन इ.वो. कावासोती १७ को श्रृजन गिरिलाई सम्मान गरिएको छ ।


यसैगरी कक्षा १२ बाट मध्यविन्दु बहुमुखी क्यामपसकाा छात्रा सृष्टि पाठक र शुसान्त ढकाललाई सम्मान गरिएको छ ।

कार्यक्रममा आआफ्नो विषयमा उत्कृष्ट नतिजा दिने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

 



सम्बन्धित
Loading...