नवलपुरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला परिषद गठन





नवलपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन नवलपुरको जिल्ला परिषद् आज कावासोतीको डण्डा बजारमा भएको छ ।

परिषद्ले दुजमान सिर्पालीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला परिषद्को घोषणा गरेको छ ।


कार्यक्रममा एकीकृत शिक्षक संगठनका केन्द्रिय उपमहासचिव नारायण अर्यालले शिक्षकहरुको पेशागत हकहितका लागि शिक्षकहरु संगठित हुनु पर्नेमा जोड दिए ।

उनले शिक्षकहरु आफ्नो माग पुरा गर्नकै लागि गत बर्ष संविधान दिवसकै दिन काठमाडौं घेराउ आन्दोलनमा गएको बताउँदै आन्दोलनको माग अझै पुरा नभएकोले छलफल र संवाद जारी रहेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज धनप्रसाद सापकोटा, नेपाल कर्मचारी परिषदका जिल्ला अध्यक्ष सुरक्ष भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो । दुजमान श्रीपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दधिराम सापकोटाले स्वागत मन्तव्यका साथै परिषदको बारेमा जानकारी गराएका थिए ।



सम्बन्धित
Loading...