नवलपुरमा थारु समुदायले संविधान दिवसलाई कालो दिनको रुपमा मनाए

नवलपुर । थारु कल्याणकारिण सभा नवलपुर र थारुहट थारुवान संयुक्त संघर्ष समिति नवलपुरले आज संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।
कावासोती १६ डण्डामा थारु कल्याणकारिण सभा नवलपुरको आयोजनामा संविधान दिवसलाई आज कालो दिवसको रुपमा मनाइएको हो ।
थारु कल्याण कारिण सभा नवलपुरका सभापति रामप्रसाद महताको अध्यक्षता विरोध सभा भएको थियो ।
विरोध सभामा बोल्दै थारु कल्याणकारिणी सभा नवलपुरका पूर्व अध्यक्ष, थारुहट थारुवान संघर्ष समिति नवलपुरका अध्यक्ष एवम थारु अगुवा नेता गणेशमान महतोले यो संविधानले सबै जातजातिको अधिकार सुनिश्चित गर्न नसकेकोले विरोध गर्नु परेको बताए ।
उनले ०७२ साल असोज ३ गते जारी भएको संविधान विभेदकारी भएको भन्दै थारु समुदायले अपनत्व गर्न सक्ने खालको संविधान रहेको बताए ।