नवलपुरमा करेन्ट लागी एक व्यक्ति घाइते





नवलपुर । नवलपुरको विनयी त्रिवेणी गा.पा.२ सुनटाँडीमा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

सुनटाँडीस्थित निर्माणाधिन अवस्थामा रहेको विद्युत शव स्टेशनमा काम गर्ने क्रममा बारा जिल्लाको बाह्रगडी गा.पा. १ खोपुवा निवासी बर्ष ४० को राम जिवन पासवानलाई करेन्ट लागी घाइते भएका हुन ।


घाईते पासवानको उपचारका लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको छ । घाईतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका ४ सापकोटा चोकमा भएको सवारी दुर्घटनामा १ जना घाइते भएका छन् ।

ना ५२ प ३३५३ नं. को स्कुटर र बा १६ च ९८८७ नं. को कार एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक नवलपुरको गैँडाकोट नगरपालिका ५ निवासी वर्ष ३५ को सरोज शर्मा घाईते भएका छन् । घाईते शर्माको हाल नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ ।



सम्बन्धित
Loading...