नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला




नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा १ जना पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार आज विहान ब्यारेज पुल गण्डक नदीको २४ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको शव फेला परेको हो ।




हाल नाम थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टका लागि अस्पताल पठाइएको छ ।



सम्बन्धित
Loading...