मृगौला पीडित पत्रकार अमित विश्वकर्माका लागि अमेरिकामा रहेकाबाट ९१ हजार सहयोग





नवलपुर । नवलपुरको कावासोती निवासी पत्रकार अमित विश्वकर्माको उपचारको लागि अमेरिकामा रहेको कतार ययरवेजका पूर्वकर्मचारीहरुले ९१ हजार ७ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मृगौला पीडित पत्रकार अमित विश्वकर्माको अहिले कावासोतीको मध्यविन्दु जिल्ला अस्पतालमा नियमित डाइलायशिस भईरहेको छ ।


पत्रकार अमित विश्वकर्मा यस अघि कतार एयरवेजमा कार्यरत रहेका थिए । उनको उपचारका लागि सहयोग होस भनेर उक्त टोलीले ८१ हजार ७ सय ९५ नेपाली रुपैयाँ अर्थात ६ सय १५ अमेरिकी डलर आर्थिक सहयोग संकलन गरेर पठाएको अमित विश्वकर्माले जानकारी दिए ।

सुशिल केसी, सुरज राना, पञ्चे मोक्तान, माधव पोख्रेल, तुलसी आचार्य, दिनेश नहर्की, सोम नेपाली, राजु तामाङ, विशाल मगर, आशिष अर्याल, विक्रम दुलालले उक्त रकम संकलन गरेर पठाएका हुन् ।

त्यसैगरी कतार एयर वेजकै पूर्वकर्मचारी अमेरिका निवासी जीवन बुढाथोकीबाट थप १० हजार सहयोग सहित ९१ हजार ७ सय ९५ रुपैयाँ सहयोग प्राप्त भएको अमित विश्वकर्माले जानकारी दिए ।



सम्बन्धित
Loading...