रूपन्देहीमा पेस्तोलसहित तीन युवा पक्राउ


रूपन्देहीकाे सैनामैना नगरपालिकाको बुद्धनगरबाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।



उनीहरुको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए ।

प्रहरीले राजमार्गमा चेकजाँच गर्ने क्रममा सैनामैना नगरपालिका–६ का २० वर्षीय सुरज दर्जी, वर्ष २० कै अर्जुन मुसहर र २२ वर्षीय मनिष परियारलाई पक्राउ गरेको हो ।






सम्बन्धित
Loading...