डेंगु नियन्त्रणका लागि कावासोतीमा सचेतना अभियान





नवलपुर ।
देशभर डेंगु रोगको संक्रमण बढेपछि नवलपुरको कावासोती नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।

कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले कावासोती नगरपालिकामा डेंगु नियन्त्रणका लागि विद्यालयदेखि टोलटोलसम्म सचेतना अभियान सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियान थालिएको बताए ।


कावासोती नगरपालिकाका वडा वडामा पुगेर त्यहाँ रहेको टोल सुधार समिति जनप्रतिनिधिलाई सचेतना अभियान सञ्चालन गरिएको बताए ।

नवलपुरमा अहिलेसम्म १ सय ११ जनामा डेंगु संक्रमण देखिएको छ भने कावासोतीमा मात्रै २३ जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी नवलपुरमा सबैभन्दा बढी देवचुलीमा २४ जनामा डेंगु संक्रमण देखिएको छ ।



सम्बन्धित
Loading...