पानीले बर्दघाटमा ९ घर भत्कायो





नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बर्षाका कारण ९ घरमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका २ बासखोलामा पानीले यहाँका ९ घरमा क्षति पुगेको हो ।


बर्दघाट न.पा.२ बासखोला बस्ने बर्ष अं.५० को कोश बहादुर आले, बर्ष २७ को कादर दर्लामी, बर्ष ४२ को हरि बहादुर राई, बर्ष ५० को तोमन सिंह दर्लामी, बर्ष ५० बर्षको तिल कुमारी बाह्रघरेको घरमा क्षति पुगेको छ ।

तयसैगरी बर्दघाट २ का ५० बर्षीय बम बहादुर बाह्रघरे, बर्ष ४५ को तिल बहादुर रुचाल, बर्ष ५५ को दल बहादुर राई र बर्ष ५३ को कुश बहादुर आले मगरको घरमा क्षति पुगेको छ ।

घरमा क्षति पुगेर विस्थापित भएको ९ घरका सबै परिवार आआफ्नो आफन्तको घरमा सुरक्षित स्थानमा राखिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।



सम्बन्धित
Loading...