कावासोतीको हाट बजार अनुगमन, अखाद्यदेखि म्याद नाघेका समान भेटिए (फोटो फिचर सहित)


कावासोती नगरपालिकाले आज कावासोती थानाको हाट बजारमा बजार अनुगमन गरेको छ ।

कावासोती नगरपालिकाको अुगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा पर्यटन कार्यालय, नवलपुर उद्योग वाणिज्य संघ, पत्रकार लगायतका टोलीले बजार अनुगमन गरेको हो ।

बजार अनुगमनको क्रममा १० वटा पसलमा अनुगमन गरिएको थियो । हाटबजारमा रहेका होटल, चटपट पसल, तरकारी पसल, कपडा पसल, किराना पसल आदिमा अनुगमन गरिएको कावासोती नगरपालिकाका अनुगमन समितिका संयोजक डा. टेकराज पौडेलले बताए ।

अनुगमनमा कावासोती नगरपालिकाका नगरउपप्रमुख फूलकुमारी थनेतको पनि सहभागिता रहेको थियो ।

अनुगमनको क्रममा म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएको, दर्ता नगरी सञ्चालनमा रहेको पसलहरुलाई दर्ता गर्न नगरपालिकामा बोलाइएको पौडेलले बताए ।
हाट बजारमा बस्ने कतिपय व्यापारीहरुले हाट बजार समितिमा मात्रै पसल दर्ता गरेको पाइएको थियो ।

त्यसैगरी कृषिमा कुनै ज्ञान नै नभएकाले तरकारीका विउविजन विक्री गर्ने गरेको, चटपटमा अखाद्य रङ्ग र अमिलो हाल्ने गरेको, हाटबजारका होटेलहरुले अखाद्य रङ्ग प्रयोग गर्ने गरेको पाइएको थियो ।

कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतले बजार अनुगमनलाई चाडपर्व पछि पनि निरन्तरता दिने र बजार अनुगमनको क्रममा पसल दर्ता नगरी चलेका पसलहरुका लागि पसल दर्ता गराउन अभियान नै थालिने बताए ।



सम्बन्धित
Loading...