तत्काल राहत उपलब्ध गराउन एमाले नवलपुरको माग





नवलपुर । नेकपा एमाले नवलपुरले बाढीपीडितहरुलाई उचित राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
नेकपा एमाले नवलपुरका अध्यक्ष जीवन श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत वितरण गर्न, वेपत्ता भएकाहरुको खोजी गर्न, घाइतेहरुको निशुल्क उपचार गर्न, घरवार विहिनहरुलाई बसोबासको व्यवस्था गर्न, क्षति भएका किसानहरुलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो ।

त्यसैगरी विज्ञप्तिमा राहत उद्दारमा खट्न सिंगो पार्टी पंक्तिलाई आव्हान गर्दै पार्टी राहत तथा उद्दारमा खटिरहेको सुरक्षाकर्मी, पार्टी कार्यकर्ता, जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।



सम्बन्धित
Loading...