ललपुर नवलपुर स्तरीय थारु बुद्धिजीवी भेला


ललपुर (नवलपुर) स्तरीय थारु बुद्धिजीवी भेला कावासोती १५ बाघखोर जे यस होटल एण्ड रेस्टुरेन्टको सभा हलमा भएको छ।

लेखक पुष्प रत्न महतोको अध्यक्षतामा नवलपुर जिल्ला स्तरीय थारु बुद्धिजीवीहरूको उपस्थितिमा नवलपुरमा बसोबास गर्ने थारुहरू तथा नेपालको तराई भूभागमा बसोबास गर्ने थारुहरूको इतिहास, धर्म ,संस्कृति ,संस्कार ,साहित्य, कथा लगायत विविध अनुसन्धानत्मक लेख रचनाहरूको प्रकाशन आदि कार्य व्यवस्थित तथा वैधानिकता समेत प्राप्तिका लागि उक्त बेला सम्पन्न भएको हो।

कार्यक्रममा देवनारायण महतो,छविलाल महतो, ओम कुमारी महतो, थारु गुरौ समितिका अध्यक्ष कमलराज गुरौ, थाकसका केन्द्रीय सदस्य वीरेन्द्र चौधरी , मध्यवर्ती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमराज महतो, थाकसका केन्द्रीय पूर्व सदस्य तथा प्रागिक व्यक्तित्व इन्द्रप्रसाद महतो, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान सदस्य देवकुमारी मुखिया थनेत, गण्डकी प्रदेश विकास परिषद् सदस्य हरिमाया महतो, शिक्षाप्रेमी, बुद्धिजीवी, शिक्षक,  प्राध्यापक, लेखक, साहित्यकार, अग्रज व्यक्तित्व तथा शोधकर्ताहरूको उपस्थिति रहेको थियो।



सम्बन्धित
Loading...