अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा





नवलपुर । नवलपुरको बुलिङटारमा अवैध रुपमा नदी उत्खनन गर्ने जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुलिङटार गाउँपालिका ६ फुलमति खोलाको मुलमनी नदीजन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानीय र प्रहरीको संयुक्त टोलीले जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।


ग १ त ५८५२ नम्बरको ट्याक्टर र बा. प्र. ००१ क ०४३४ नम्बरको जेसिबीलाई नियन्त्रणमा लिई प्रहरी चौकी बुलिङटारमा ल्याएर राखको र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...