नवलपुरमा मोटरसाइकल दुर्घटना गम्भीर घाइते





नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

नवलपुरको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा लु ६१ प ८००५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटनामा परेको हो । मोटरसाइकल सडक छेउको रुखमा ठोक्किन पुगेको थियो ।


दुर्घटनामा परी मोटरसाइकल चालक हुप्सेकोट गा.पा. ४ शंखदेव निवासी २१ बर्षीय निशान बि.क. गम्भीर घाइते भएका छन् ।

घाइतेको मध्यबिन्दु नगर अस्पताल चोरमारा प्राथमिक उपचार पश्चाप थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । उको आईसियुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...