गैडाकोटमा सर्पले डसेर विरामी





नवलपुर । नवलपुरको गैडाकोट ८ कालिका चोकमा सर्प दंशले एक जना विरामी भएका छन् ।

आफ्नै घरको आफू सुत्ने कोठामा सर्पले बाँया कानमा डसेर गैडाकोट ८ कालिका चोक निवासी ६८ बर्षीय भोला नाथ सुवेदी विरामी भएका हुन् ।


उनको भरतपुर सरकारी अस्पतालमा आइसियुमा उपचार भईरहेको छ । विरामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...