कावासाेतीमा तासकाे खालबाट ५ जना पक्राउ





रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरकाे कावासाेतीबाट तास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।

कावासाेती २ हिमाल चाेक निवासी ४० बर्षीय उज्जवल मल्लकाे घरबाट मल्ल सहित ५ जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए ।


प्रहरीले उनीहरूकाे साथबाट १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ नगद र ४ बुक तास बरामद गरेकाे छ ।

त्यसैगरी कावासाेती २ निवासी ४० बर्षीय गाेविन्द न्याैपाने, ४२ खिम लामिछाने मगर, ४५ बर्षीय रामजी पाण्डे र कावासाेती ३ निवासी २९ बर्षीय देवराज बस्याल पक्राउ परेका छन् ।

पक्राउ परेकालाई भाेलि म्याद थपका लागि लगिने प्रहरीले जनाएकाे छ।



सम्बन्धित
Loading...