पश्चिम नवलपरासीको सरावल र पाल्हीनन्दनमा ८ सय विगाहा धानबालीमा क्षति





नवलपरासी‐ असोज ११ र १२ गते आएको बाढीले नवलपरासीमा साढे आठ सय विगाहामा धान बाली क्षति भएको छ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दनमा धान बालीमा क्षति भएको नवलपरासी कृषि ज्ञान केन्दका्र प्रमुख डा.रविन्द्र नाथ चौबेले जानकारी दिए ।


चौबेका अनुसार बाढीले धान बाली क्षति गरेको हो । बाढीका कारण पाल्हीनन्दन‐१ शंकरपुर र सरावल‐ ५, ६, र ७ मा धान बाली क्षति भएको छ ।

सरावल गाउँपालिकाका कृषि शाखाले पठाएको तथ्याङक अनुसार यहाँ छ सय विगाहामा आठ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले बताए ।

सरावल र पाल्हीनन्दनमा साढे आठ सय बढी विगाहामा धान बाली क्षति भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले बताए ।

त्यस्तै जिल्लाको पाल्हीनन्दन‐१ शंकरपुरमा दुई सय ५० विगाहा धान बाली क्षति भएको पाल्हीनन्दन‐१ का वडाध्यक्ष चुुल्हाई प्रसाद यादवले बताए ।

सरावलको भुजहवा, खडवना, मधवलीया, बुडनतवापुर र पाल्हीनन्दनको शंकरपुरमा अहिले सम्मकै राम्रो धान उत्पादन हुने यो वर्ष अनुमान गरिएको थियो ।

 



सम्बन्धित
Loading...