प्लाष्टिकका फूलमाला रोक्न कावासोतीका पूजा सामग्री पसलमा अनुगमन


 




रामकुमार श्रेष्ठ –
नवलपुर । तिहारमा लक्षित गरि आउने प्लाष्टिकका फूल र फूलमाला रोक्न कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेको पूजा सामग्री पसलहरुको अनुगमन गरेको छ ।

तिहार नजिकिदै गर्दा प्लाष्टिकका मालाहरु बढी विक्री हुने र त्यसले स्थानीय स्तरमा उत्पादिन फूलका माला विक्री कम हुने भएकाले त्यसलाई रोक्न नगरपालिकाले अनुगमन गरेको हो ।


नगरपालिकाले यस अघि सूचना नै जारी गरेर नगरपालिका भित्र कुनै पनि प्लाष्टिक जन्य फूल तथा फूलका मालाहरु विक्री वितरणमा रोक लगाएको थियो ।

नगरपालिकाले सूचना नै जारी गरेर विक्री वितरणमा रोक लगाए पनि व्यापारीहरुले भने खुलम खुल्ला विक्री गर्न राखेको थियो ।

अनुगमनको क्रममा आजकै मितिदेखि त्यस्ता प्लाष्टिक जन्य फूलका माला देखिए कारवाही गर्ने गरी सचेत गराएर छाडिएको कावासोती नगरपालिकाका अनुगमन शाखाका प्रमुख डा. टेकराज पौडेलले बताए ।

अनुगमनको क्रममा म्याद नाघेका तेल, उत्पादिन मिति र कम्पनीको नाम नभएका मिठाइ प्रसाद, कुहिएका नरिवल जफल गरेर नष्ट गरिएको थियो ।

कावासोती नगरपालिकाले तिहार लक्षित गरेर बजार अनुगमन शुरु गरेको हो ।

अनुगमनमा सहभागी पर्यटन तथा घरेलु कार्यालय नवलपुरका प्रमुख टेकबहादुर मौनीले अनुगमनका क्रममा भेटिएका म्याद नाघेका र अखाद्य वस्तु नष्ट गरिएको तथा ट्याग लगाएका सामग्रीहरु मात्र विक्री गर्न सचेत गराइएको बताए ।

 



सम्बन्धित
Loading...