नवलपुरमा अटो र स्कुटी ठक्कर खाँदा ५ जना घाइते





नवलपुर । नवलपुरको देवचुली १३ दलदलेमा अटो र स्कुटी ठक्कर खाँदा ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गण्डकी प्रदेश ०४–००१ ह ००११ नम्बरको अटो र गण्डकी प्रदेश ०४ – ००१ प ५१८० नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।


दुर्घटनामा परी अटोमा सवार देवचुली १३ निवासी ५१ बर्षीय सरस्वती काफ्ले, ३८ बर्षीया सीता काफ्ले, ५० बर्षीया सपना काफ्ले घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी देवचुली ११ निवासी अटो चालक ३५ बर्षीय चोलाकान्त थापा र स्कुटी चालक देवचुली १३ निवासी २९ बर्षीय बेलबहादुर गाहा मगर पनि घाइते भएको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको भरतपुरको मनाकामना अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अटो र स्कुटी प्रहरी नियन्त्रणमा रहेको छ ।

 



सम्बन्धित
Loading...