कावासोतीमा स्कुटी दुर्घटनामा ३ जना घाइते



नवलपुरको कावासोती २ भाटटोलामा भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भाटटोला पूर्वटोल स्थित भित्री सडकखण्डमा बेलचोकबाट रिठ्ठेपानी तर्फ जादै गरेको लु ३५ प २२०६ नं. को स्कुटर र बिपरित दिशाबाट आउदै गरेको ग.प्र.०४–००१ प ४८८० नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका हुन् ।




दुर्घटनामा परी लु ३५ प २२०६ नं. को स्कुटर चालक कावासोती न.पा. १ रिठेपानी बस्ने बर्ष ५५ को छबिलाल मल्ल, ग.प्र.०४–००१ प ४८८० नं को स्कुटर चालक कावासोती १ निवासी २१ बर्षीय अग्रिम परियार र स्कुटी पछाडी सवार ३१ बर्षीय सिराज मगर घाइते भएका हुन् ।

उनीहरुको कालीगण्डकी अस्पताल कावासोतीमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेन्ट्रल अस्पताल भरतपुर लगिएको छ ।



सम्बन्धित
Loading...