नारायणी नदीमा नुहाउने क्रममा वेपत्ता



नवलपुर । नवलपुरमा गएराति नारायणी नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् ।

हिजो साँझ सवा ६ बजेतिर नारायणी नदीमा नुहाउन गएका नवलपुरको मध्यविन्दु नगरपालिका २ बलघट्टा नारायणी नदी किनारमा नुहाउने क्रममा मध्यविन्दु ४ मदनपुर निवासी २१ बर्षीय सिद्धार्थ बस्नेत वेपत्ता भएका हुन् ।




उनको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले उनको खोजी कार्य जारी रहेको र अझै फेला नपरेको बताए ।

बस्नेत ३ जना साथीहरुसँग मिली नारायणी नदीमा नुहाउन गएको र सोही क्रममा नदीमा डुबेर वेपत्ता भएको स्थानीयले बताएका छन् ।

त्यसैगरी यता नवलपुरको गैडाकोटमा एक जना ३ बर्षीय बालक जयश्री खोलामा डुबेर विरामी भएका छन् ।

गैडाकोट ८ जयश्री निवासी बर्ष ३ को आरुष थापामगर घर नजिकै ५० मिटर टाढा रहेको जयश्री खोलामा डुबेको अवस्थामा बालकका आफन्तले उद्दार गरी उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगेको प्रहरीले जनाएको छ ।

बालकको स्वास्थ्य अवस्था क्रमश सुधार हुँदै गएको प्रहरीले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...