नवलपरासीमा चोरीमा सम्लग्न ३ जना पक्राउ


नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले चोरीमा सम्लग्न ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार प्रहरीले चोरीमा सम्लग्न बर्दघाट ४ निवासी ३७ बर्षीय तिलकबहादुर थापा क्षेत्री, ३४ बर्षीय विजय हरिजन र बर्दघाट १ निवासी २१ बर्षीय अरुण विकलाई पक्राउ गरेको हो ।

उनीहरुले गत असोज २३ गते राति घर कोही नभएको मौका पारी बर्दघाट ४ बाढीपीडित निवासी राधा बगालेको घरबाट नगद र सुनका गरगहना चोरी गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

प्रहरीले चोरीका घटनामा सम्लग्न अर्का एक जना बर्दघाट ९ निवासी सुखैरा निवासी ३५ बर्षीय दिलसन क्षेत्री फरार रहेको जनाएको छ ।

प्रक्राउ परेकाहरुबाट उनीहरुले चोरीको घटनामा प्रयोग गरेका मोटरसाइकल २ थान, मोबाइल २ थान र नगदन ८ हजार २ सय रुपैयाँ बरामद गरेको जनाएको छ ।

चोरीमा सम्लग्नहरुले आफूहरुले उक्त घरबाट ३÷४ तोलाको सुनका गहना र २÷३ तोला चाँदीका गहना सहित केही नगद चोरी गरेको र चोरीका गहना भारत लगेर विक्री गरेको बताएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।



सम्बन्धित
Loading...