२६ हजार नगद सहित जुवातास खेलिरहेका ८ जना पक्राउ

नवलपुर । नवलपुर प्रहरीले जुवा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार मध्यविन्दु १५ मा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा २६ हजार ४ सय ५ रुपैयाँ नगद सहित ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट कौडाको १६ वटा गोी समेत बरामद गरेको जनाएको छ ।
भर्याङ्गबाट लडेर बालिका घाइते
नवलपुर । नवलपुरको गैडाकोट ५ कालिका चोकमा भर्याङ्गबाट लडेर एक जना बालिका गम्भीर घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाग्लुङ जिल्ला घर भई तिहारमा मामा अर्जुन गिरीका घर आएकी १८ महिनाकी बालिका सलिना खत्री भ¥याङबाट खसेर घाइते भएकी हुन् ।
घाइते बालिकाको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बालिकाको टाउकोमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।