मध्यविन्दुको ब्रम्ह आधारभुत विद्यालयमा छात्रवृत्ति वितरण




शालिकराम भट्टराई
चोरमारा, ३२ जेठ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ ब्रम्हस्थानमा रहेको ब्रम्ह आधारभुत विद्यालयमा शनिबार छात्रवृत्ती वितरण गरिएको छ ।
सरकारले उपब्ध गराउने छात्रवृत्ति अन्तरगत दलित छात्रछात्रा र विद्यालयका सबै छात्रा गरी २२ जनालाई चार सयको दरले छात्रावृत्ती वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगुराम बोटेको अध्यक्षतामा भएको कार्यक्रममा मध्यविन्दु नगरपालिका ३ का वडा सदस्य छवि नेपाल, विद्यालयका अभिभावकहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक केसीले गरेका थिए ।



सम्बन्धित
Loading...