नवलपुर अदालतमा ४ महिनामा २ सय १३ मुद्दा दर्ता
नवलपुर ।
नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका घटनामा उल्लेख्य बृद्धि भएको छ । जिल्ला अदालतमा दर्ता भएका मध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म अदालतमा ८ सय ५८ वटा मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका मात्र २१३ वटा छन् । त्यसमध्ये शुद्ध सम्बन्ध विच्छेदका एक सय ५७, अंश जोडिएका १९ मानाचामल जोडिएका एक र पुरुषवादी भइ दायर भएका ३६ थान मुद्दा रहेको घिमिरेले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा एक हजार ३ सय ६८ मुद्दा दर्ता भएकामा पाँच सय २४ वटा मुद्दा सम्बन्ध विच्छेदका थिए । जसमध्ये ४ सय ७६ वटा फस्र्यौट भएका थिए भने तीन सय ५८ वटा मुद्धामा मिलामत्र गरिएको थियो ।
आर्थिक वर्ष २०७९÷०८० मा एक हजार एक सय ७९ थान मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका मुद्दा ४ सय ७१ थिए । ती मुद्दामध्ये ४ सय ७१ वटा फस्र्यौट भएका अदालतका श्रेष्तेदार घिमिरेले जानकारी दिए ।
यसरी सम्बन्ध विच्देछका मुद्धा बढ्नुमा बैदेशिक रोजगारी प्रमुख कारण रहेको जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीले जानकारी दिए । त्यसबाहेक परिवार भित्रको कलह, आर्थिक विपन्नता, पढाई अनुसार रोजगारी नपाउनु, छिटो बिबाह, सामाजिक सञ्जाल आदि पनि सम्बन्ध विच्छेदक कारणहरु रहेको न्यायाधीश ज्ञवालीले बताए ।
श्रीमान श्रीमतीबीच सकेसम्म मिलापत्र होस् भन्ने हेतुले अदालतले यस्ता मुद्दाहरुलाई तत्काल फैसला नगरेर सकेसम्म ‘कुलिङ पिरियड’मा राख्ने गरेको ज्ञवालीको भनाइ छ । यसैगरी सम्बन्ध विच्छेद बढ्दै जाने हो भने समाज कता तिर जाला भन्ने चिन्ता थपिएको ज्ञवालीले बताए ।