मध्यविन्दु नगरपालिकामा स्थानीय विपद तथा जलबायु उत्थानशिल योजना निर्माण
नवलपुरको मध्यविन्दु नगर पालिकाको स्थानिय बिपद तथा जलबायु उत्थानशिल योजना निर्माण भएको छ ।
मध्यविन्दु नगरपालिकाको व्यवस्थापन र कारितास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण भएको स्थानिय बिपद तथा जलवायु उत्थानशिल योजना निमाण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताए ।
मध्यविन्दु नगरपालिकाको स्थानिय बिपद तथा जलवायु उत्थानशिल योजना २०८१ बुधवार नगर प्रमुख भिमलाल अधिकारीलाई हस्तान्तरण गरिएको कारितास नेपालका कार्यक्रम अधिकृत सुजन गौलीले जानकारी दिए ।
२०८१ साल असार ११ गते नगरपालिकासँगको सम्झैता गरेर पालिका भित्रको बिपद् जोखिम क्षेत्र तथा जलवायु उत्थानशिल क्षेत्र बारे रिपोटिङ गरिएको थियो ।कारितास नेपालको सार्फ विहिन अवतारण अन्तरर्गत यस कार्यक्रम गरिएको गौलीले बताए ।
हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख पुणकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, कारितास नेपालका प्रादेशिक संयोजक हरिशं सिंह कुँवर, नगपालिकाका लेखा अधिकृत सुमन राज रेग्मी, प्रशासन शाखा प्रमुख भोला शर्मा, पूर्वाधार बिकास शाखाका इन्जिनियर माधव प्रसाद देवकोटा, बन वातावरण तथा बिपद शाखाका विकास नरसिङ राण,सुचना अधिकृत नरेश गुरुङ लगायतको उपस्थीति रहेको थियो ।