प्रगतिनगर खानेपानीले सिताबासमा २० लाखको बोरिङ्ग बनाउँदै
नवलपुर ।
नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देवचुली ७ सिताबासमा प्रदेश सरकार उर्जा तथा जलस्रोत मन्त्रालयको सहयोगमा २० लाखको लागतमा बोरिङ्ग निर्माण गरेको छ ।
प्रगतिनगर खानेपानी अध्यक्ष खिमानन्द भुसालका अनुसार यहाँ प्रति सेकेण्ड २० लिटर पानी प्रवाह हुने गरी बोरिङ्ग निर्माण गरिएको हो ।
बर्षाको समयमा देउसत खोलामा आउने बाढीले गर्दा पानीको आपूर्ति बेलाबेलामा अनियमिता हुने भएकोमा अबदेखि त्यो समस्या हट्ने अध्यक्ष भुसालले बताए ।
बर्षामा देउसत खोलामा बाढी आउँदा उक्त पानी सोझै फिल्टर प्लान्टमा हाल्न नमिल्ने हुँदा बर्षाको बेला कहिले काही प्रगतिनगरमा पिउने पानी अनियमित हुने गर्दथ्यो ।
प्रगतिनगर खानेपानीले यहाँ ५४ सय बढी घरधुरीमा धारा जडान गरि ३० हजार बढी उपभोक्तालाई शुद्ध पिउने पानी उपलब्ध गराउँदै आएको छ ।
अब उक्त बोरिङबाट ढिलोमा १५ दिनमा पानी आपूर्ति गर्न मिल्ने अध्यक्ष भुसालले बताए ।
प्रगतिनगर खानेपानीले अहिले देउसत खोलाको मुहानको पानीका साथै प्रगतिनगरका विभिन्न स्थानका ५ वटा बोरिङ्गमार्फत पिउने पानी उपलब्ध गराउँदै आएको छ ।
२०७८ सालमा प्रगतिनगर खानेपानी उपभोक्ता संख्यालाई नेपाल सरकारले देशभरकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा सम्मान गरेको थियो ।