रामेछापमा सुमो दुर्घटनामा परेर वडाध्यक्ष सहित ५ जनाको मृत्यु



रामेछापमा शुक्रबार भएको सुमो दुर्घटनामा परेर वडाध्यक्षसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको हो।

काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडामा दुर्घटना भएको हो। मृत्यु भएका अन्य चार जनाको पहिचान खुलेको छैन।



दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनालाई उपचारको लागि मन्थलीतर्फ पठाइएको छ।

गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताए । गाडी सडकबाट ३ सय मिटर तल खसेको बताइएको छ ।

 

 


सम्बन्धित
Loading...