महिलातर्फको ५ किलोमिटर दौडमा लक्ष्मी डाँगी प्रथम
नवलपुर ।
कावासोती नगरपालिकामा खुला महिला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल, जिल्ला खेलकुद विकास समिति नवलपुर र डायमण्ड युथ सोसाइटीको समन्वय र सहकार्यमा खुला महिला दौड गरिएको हो ।
दौड प्रतियोगितामा लक्ष्मी डाँगी प्रथम, गंगा गिरी द्वितीय, मिना बस्याल तृतीय, दोलमाया महतो सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसै गरि सावित्रा थापा, भगवती रामजाली मगर, दिलमाया घर्ती, स्नेहा भण्डारी, समीक्षा कुमाल र ओमकला महतो दशौं भित्र दौड पूरा गरेका थिए । प्रतियोगिताका बिजेताहरुसँगै दशौं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद समितिका संयोजक तथा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । दौडमा ३० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेशका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसीको पुरस्कार वितरण गर्नुभएको थियो ।