बझाङमा जीप दुर्घटना १० जनाको मृत्यु ५ जना घाईते, दुई गाँउ सोकमा एकै परिवारका ३ को मृत्यु


डीबी विष्ट,



असार २ । बझाङमा जीप दुर्घटना परि मृत्यु हुनेको संख्या १० पुगेको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्री बाट मष्टा गाँउपालीका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर
१ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदखा १० जनाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परि ५ जना घाईते भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताए । घाईते ३ जनाको अवस्था चिन्ताजनक रहेको र उनको उपचारका लागी  सिम्रिक एयरकाे हेलीकोप्टर मार्फत नेपालगंज पठाईएको उहाँले बताउनु भयो । घाईते अन्य २ जनाको जिल्ला अस्पताल सिमखेतका उपचार भै रहेको छ ।
दुर्घटनामा परि एकै गाँउका ७ जनाको मृत्यु भएको छ भने एकै परिवारका ३ जनाको मृत्यु भएको नेकपाका जिल्ला सदस्य तथा स्थानीय रामचन्द्र रोकायाले बताए । मष्टा गाँउपालीका वडा नम्बर १ कोटदेबलका ४० बर्षिया कलक खड्का उनकी श्रीमती ४८ बर्षिया जुनधारा खड्का र उनका १२ बर्षिया छोरा सरोज खड्का रहेका छन् । यस्तै सोही गाँउका १९ बर्षिया हिक्मत खड्का, ५२ बर्षिया धौली देवि खड्काको समेत ज्यान गएको छ । यस्तै कोटदेबलकै १५ बर्षिया जुना खड्का, ८ बर्षिया विपना खड्का को समेत ज्यान गएको छ । दुर्घटनामा परि मष्टा गाँउपालीका वडा नम्बर १ रनाडाका ३० बर्षिया भक्त द्धाल र ३५ लक्ष्मि द्धालको समेत मृत्यु भएको वडा प्रहरी कार्यालयका सहि माहानन्द जोशिले बताए । उनका अनुसार चालक मष्टा गाँउपालीका वडा नम्बर १ जिनाडाका २२ बर्षका सुरेन्द्र थापाको समेत मृत्यु भएको छ ।

यस्तै घाईते हुने ३ जनालाई हेलीकोप्टर मार्फत नेपालगंज तर्फ लगिएको छ । तिनै जनाको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर सन्दिप ओखेडाले बताए । उनका अनुसार मष्टा गाँउपालिका वडा नम्बर १ का १२ बर्षिया गणेश खड्का, २३ बर्षिया गोकुल शाहि र ३३ बर्षिया जनक द्धाल गम्भिर घाईते रहेको र उनिहरुको टाउकोमा चोट लागेको डाक्टर ओखेडाको भनाई छ ।
यस्तै वडा नम्बर एक कै ३५ बर्षिया अनिता द्धाल, १५ बर्षिया संगीता खड्का को जिल्ला अस्पताल सिमखेतमा उपचार भै रहेको उनिहरुलाई समेत नेपालगंज रिफर गरिएको डाक्टर ओखेडाले बताए ।
मृतक सबैको सब पोष्ट माटमका लागी जिल्ला अस्पतालमा राखीएको छ ।
मष्टा गाँउपालीका वडा नम्बर १ सोकमा डुबेको छ । एकै वडाका १० जनाको मृत्यु भए पछि गाँउ नै सोकमा डुबेको हो । आईईए र ईआइए नगरि जथाभावि सडक कटानका कारण पछिल्लो समयमा सवारी दुर्घटना हुने दर बझाङ जिल्लामा बृद्धी भएको पाईएको छ ।




जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसिका अनुसार दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु , उकालो र साँघुरो बाटो फोर ह्वल फेल भएको कारणले जीप दुर्घटना भएको बताए । जीप सडक बाट झण्डै ४।५ सय मिटर तल खसेको उहाँको भनाई छ । सेती नदीमा पक्की पुल नभएका कारण काठे पुलको सहायताले केहि महिना अघि मात्रै सेती नदी पारी उक्त जीप लगायत ३।४ जीप मष्टा गाँउपालिकामा संचालनका लागी राखीएको थियो । उकालो सडक क्षमता भन्दा दोब्बर यात्रु हालेकै कारण जीप दुर्घटना भएको स्थानीय बासिन्दाले बताएका छन् ।



सम्बन्धित
Loading...