जीवन ज्योति माविमा रेशम फिरिरीद्वारा शैक्षिक सामग्री हस्तान्तरण




नवलपुर । रेशम फिरिरी नेपालले नवलपुरको कावासोती ३ मा रहेको जीवन ज्योति माविका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयका २० जना विद्यार्थीलाई न्यानो कपडा, २० जना विद्यार्थीलाई शैक्षिक सामग्री, २० जना विद्यार्थीलाई झोला र १ थान विद्यालयलाई साउण्ड सिस्टम उपलब्ध गराएको विद्यालयका शिक्षक दीपक सुवेदीले बताए ।




रेसम फिरिरीका केन्द्रि अध्यक्ष दीपक पंगेनीको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । भने कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष डम्बर बहादुर महतोको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा रेशम फिरिरीका अध्यक्ष दीपक पंगेनीले आफूहरुले सधैं शैक्षिक संस्थाहरुलाई सहयोग गर्दै जाने बताए ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, अभिभावक, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्सालले स्वागत मन्तव्य राखेका थिए ।

 



सम्बन्धित
Loading...