पाल्पामा टिप्पर दुर्घटनामा १ जनाको मृत्यु

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका ५ सर्कुवासमा आज भएको टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
रहवास खैरेनी सडक खण्डमा चुनढुङगा लिएर लिएर रुपन्देहीको खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ न को टिप्पर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि रुपन्देही देवदह २ का ३१ वर्षिय सुनिल गुरुङको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसी सुनिल मल्लले जानकारी दिएका छन ।
घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन ।