कर्णाली नदीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित सबै यात्रु बेपत्ता
हुम्ला : कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो। जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना बेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
खार्पुनाथ गाउँपालिका ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे जीप दुर्घटना भएको हो। जीपमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेको छ।
प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।