हिजो देखि हराइरहेकी महिला जंगलमा मृत फेला




नवलपुर । नवलपुरको दुवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजोदेखि हराइरहेकी महिला आज मृत फेला परेको छ ।

४ साथीहरुसँगै घाँस काट्न गएका मध्ये १ जनालाई गैडाले आक्रमण गरी घाइते भएको थियो भने दुई जना सकुलस फेला परेका थिए र १ जना वेपत्ता भएका थियो ।




गैडाको आक्रमणबाट देवचुली १ मिलन चोक निवासी ३३ बर्षीया महिला कुमारी आले घाइते भएकी छिन् भने ४७ की राममाया सोती वेपत्ता भएकी थिइन् ।

स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्ज भित्र वेपत्ताको खोजी गर्ने क्रममा आज दिव्यमध्यवर्ती सामुदायिक वन भित्र मृत फेला परेको हो ।

प्रहरीले अहिले घटना स्थलको मुचुल्का बनाउने तयारी गरिरहेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनको सरिरमा केही चोट देखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेकोले उनको मृत्युका कारण तत्काल भन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...