नवलपुरमा लागुऔषध सहित पक्राउ




नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ फलबारीबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

मध्यविन्दु नगरपालिका ८ फुलबारी स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीको चेकिङ टोलीले भैरहवाबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ७ ख ९९२९ नं को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार नवलपुरको गैडाकोट नगरपालिका ५ गणेश मन्दिर निवासी ३५ बर्षीय विकाश थापा मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो ।




उनको साथबाट प्रहरीले आईपिपिआई नाम गरेको लागु औषध ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, डाईजापाम ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल लागुऔषध बरामद गरेको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 



सम्बन्धित
Loading...